काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ को अवसर पारेर बहुप्रतीक्षित ‘एक्सएसआर १५५’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा जारी प्रदर्शनीमा एक कार्यक्रमका बीच ‘बर्न टु स्ट्याण्ड आउट’ अभियान अन्तर्गत यो नयाँ मोडेल अनावरण गरिएको हो।रेट्रो–मोडर्न डिजाइनमा आधारित यो मोटरसाइकल नेपाली सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने राइडरहरूलाई लक्षित गरी ल्याइएको हो।
यसमा आकर्षक टियरड्रप आकारको फ्युल ट्याङ्क, क्लासिक राउण्ड एलइडी हेडल्याम्प, फ्ल्याट बेन्च स्टाइल सिट र परिष्कृत १५५ सीसीको शक्तिशाली इन्जिन रहेको छ। क्लासिक लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट सन्तुलन रहेको यो मोटरसाइकलले दैनिक सहरी यात्रामा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।मोटरसाइकल सार्वजनिक गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली बजारमा छुट्टै पहिचान र व्यक्तिगत शैली रुचाउने ग्राहकका लागि यो उत्कृष्ट रोजाइ हुने बताए ।
नयाँ मोडेल सार्वजनिक भएसँगै कम्पनीले यसको आधिकारिक प्रि–बुकिङ समेत खुला गरेको छ। बजारमा व्यावसायिक बिक्री सुरु हुनुभन्दा एक महिना अगाडि नै इच्छुक ग्राहकले नाडा अटो शोमा रहेको यामाहाको स्टलबाट बुकिङ गर्न सक्नेछन्। भदौ १४ गतेसम्म चल्ने अटो शोमा अवलोकनकर्ताहरूले यो मोटरसाइकललाई प्रत्यक्ष हेर्नुका साथै उत्पादन विशेषज्ञहरूसँग प्राविधिक जानकारी समेत लिन सक्नेछन्।




.gif)





