images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख...

उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग

उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । 

    images
    images

    आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले रु एक करोड ११ लाख, परिसङ्घ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजयकुमार शाहले रु एक करोडको चेक हस्तान्तरण गरे । त्यस्तै जावलाखेल डिष्टिलरीबाट रु एक करोड, हिमालयन डिष्टिलरीबाट रु एक करोड, हिमालयन बुलियन कम्पनीबाट रु एक करोड एक लाख हस्तान्तरण गरिएको परिसङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए ।

    चौधरी ग्रुप र नबिल बैंकबाट रु १५ करोड बढीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट रु १० लाख सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ । परिसङ्घका अनुसार गुड होम प्रडक्टस्बाट रु दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट रु दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट रु एक लाख १२ हजार, कास ट्रडिङबाट रु एक लाख ११ हजार १११, सिल्भर लाइनिङबाट रु एक लाख ११ हजार १११, ग्लोकल प्रालिबाट रु ५० हजार आर्थिक सहयोग प्रदान भएको छ ।

    images
    images

    यसअघि परिसङ्घको समन्वयमा गोर्खा बु्रअरीले रु १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज अर्थमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसङ्घका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसङ्घका महानिर्देशक डा घनश्याम ओझा लगायत सहभागी छन् । 

    परिसङ्घले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीलाई रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोध समेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend