images

२०८३ आश्विन १ गते

images
images
images
  • कर्पोरेट
  • रसुवा बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन...

रसुवा बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको कार्यक्रम ल्याउने

रसुवा बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको कार्यक्रम ल्याउने

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।

    images
    images

    चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि सुरक्षित आवास निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।

    कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री पुर्‍याइनेछ। फाउन्डेसन र बैंकका अनुसार राहत सामग्री वितरण भदौ ११ गतेदेखि नै सुरु भइसकेको छ।

    images
    images

    नुवाकोट र रसुवामा राहत शिविर

    राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ।

    फाउन्डेसन र बैंकका अनुसार स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती राहत शिविरमा बाढी प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनेछ।

    तत्कालीन राहतसँगै प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने, विस्थापितको पुनर्स्थापना गर्ने तथा प्रभावित क्षेत्रमा दीर्घकालीन रूपमा आवश्यक जनस्वास्थ्य पूर्वाधार निर्माण गर्ने कार्यक्रमसमेत अघि बढाइने जनाइएको छ।

    चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित नागरिकको आवश्यकता र स्थानीय अवस्थाका आधारमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend