images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन...

डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको पनि सहभागिता थियो ।

    images
    images

    वि.सं. २०७४ असोज १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरणसम्बन्धी दर्ता र स्वीकृति प्राप्त गरी मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् ।कम्पनीले यसै माघ महिनादेखि दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीका लागि आवश्यक औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।

    करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ ।सार्वजनिक निष्कासनबाट प्राप्त पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा प्राथमिकताका साथ उपयोग गर्ने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend