images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • बाढीले क्षतिग्रस्त सडक मर्मतका लागि १३...

बाढीले क्षतिग्रस्त सडक मर्मतका लागि १३ शीर्षकमा बोलपत्र आह्वान

बाढीले क्षतिग्रस्त सडक मर्मतका लागि १३ शीर्षकमा बोलपत्र आह्वान

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले सडक मर्मत तथा विभिन्न विपद् व्यवस्थापन कार्यका लागि योग्य बोलपत्रदाताहरूबाट दरभाउ पत्र आह्वान गरेको छ। आयोजनाले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ बमोजिम खुला प्रतिस्पर्धात्मक विधिबाट दरभाउ पत्र माग गरेको हो।आयोजनाका अनुसार यस अन्तर्गत बुधबारको विनाशकारी बाढीका कारण क्षतिग्रस्त सडक खण्डहरूमा ग्याबियन पर्खाल लगाउने, सडक खन्ने, ह्युम पाइप बिछ्याउने, पहिरो तथा लेदो पन्छाउने र तादी नदीमा रहेको क्षतिग्रस्त स्टील ट्रस ब्रिज हटाउने जस्ता १३ वटा विभिन्न शीर्षकका कामहरू रहेका छन् । यसका साथै हेटौंडाबाट तादी (देवीघाट) सम्म बेली ब्रिज ढुवानी गरी जडान गर्ने कार्यका लागि पनि दरभाउ माग गरिएको छ।

    images
    images

    इच्छुक र योग्य बोलपत्रदाताहरूले आगामी भदौ १७ गते बेलुका ४ : ०० बजेसम्म नुवाकोटको विदुरस्थित आयोजना कार्यालयमा वा इमेलमार्फत आफ्नो दरभाउ पत्र बुझाउन सक्नेछन्। प्राप्त दरभाउ पत्र सोही दिन बेलुका ४ः १५ बजे आयोजना कार्यालयमा खोलिने सूचनामा उल्लेख छ। दरभाउ पत्रका साथमा फर्म दर्ता प्रमाणपत्र, व्यवसाय इजाजतपत्र, भ्याट तथा प्यान दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१–८२ को कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ।

    790589690_1082939957662514_992383670419867036_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend