images

२०८३ आश्विन २ गते

images
images
images

ढुङ्गेमा यातायात सञ्चालन

ढुङ्गेमा यातायात सञ्चालन

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • त्रिशूली (नुवाकोट), १६ भदौ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । 

    images
    images

    भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । 

    ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलन सहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भने, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”

    images
    images

    ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरण सहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend