काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौं जाने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
सडक अवरुद्ध भएपछि यातायात सहज बनाउन सवारीसाधनको प्रकारअनुसार विभिन्न वैकल्पिक मार्ग निर्धारण गरिएको छ।
चारपाङ्ग्रे सवारीसाधनका लागि फिस्लिङबाट आग्रीडाँडा, तोमनडाँडा, बनटार, दलभञ्ज्याङ, दरबुङ, दरबुङफाँट, सिउरेनीटार हुँदै बेनिघाटबाट काठमाडौं जान सकिनेछ।
त्यस्तै, मोटरसाइकलका लागि मझिमटार अगाडिबाट ज्यामिरेघाट झोलुङ्गे पुल, सिउरेनीटार हुँदै बेनिघाटबाट काठमाडौं पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।
तनहुँको आँबुखैरेनीबाट काठमाडौं जाने सवारीसाधनले गोरखा सदरमुकाम, बुंकोट, नाम्जुङ, घैरुङ, दरबुङ, सिउरेनीटार हुँदै बेनिघाटबाट काठमाडौं जाने मार्ग प्रयोग गर्न सक्नेछन्।
कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध रहेकाले यात्रुले सम्बन्धित निकायले तोकेको वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।




.gif)





