images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु क्यापिटलका दुई म्युचुअल फण्डले १२...

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डले १२ प्रतिशत नगद लाभांश दिने

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डले १२ प्रतिशत नगद लाभांश दिने

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाइधनीहरुका लागि वितरण गरिने प्रतिफल घोषणा गरेका हुन् ।

    images
    images

    यी दुवै योजनाका इकाइधनीहरुले १२ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् । योजना व्यवस्थापकको भदौ ५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले योजनाको इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता किताब भदौ २५ गते बिहिबार एक दिनको लागि बन्द गर्ने पनि निर्णय गरिएको छ । सो अनुसार दर्ता किताब बन्द हुने मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई रितपूर्वक दाखिल खारेज हुन आएका इकाईधनीहरु मात्र नगद लाभांश प्राप्त गर्ने छन् ।साथै आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवब पत्र अनिवार्य पेश गरे पश्चात् मात्र उक्त नगद लाभांश बैंक खातामा जम्मा गरिने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend