images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • शिखर पावरको १ लाख ११ हजार...

शिखर पावरको १ लाख ११ हजार कित्ता सेयरको लक–इन अवधि असोज २ मा सकिँदै

शिखर पावरको १ लाख ११ हजार कित्ता सेयरको लक–इन अवधि असोज २ मा सकिँदै

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त हुने जानकारी दिएको हो ।कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरेको थियो । बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो ।

    images
    images

    उक्त सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने गरी लक–इनमा राखिएको थियो । सो अवधि असोज २ गते पूरा हुने कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिस्ट्रारको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend