काठमाडौँ । आइसीएफसी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।यसअनुसार १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ लाभांश बापत सेयरधनीहरूमा वितरण हुनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण हुनेछ ।




.gif)



