images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • प्रभु इन्स्योरेन्सको बोनस सेयर वितरण, सेयरधनीको...

प्रभु इन्स्योरेन्सको बोनस सेयर वितरण, सेयरधनीको खातामा जम्मा

प्रभु इन्स्योरेन्सको बोनस सेयर वितरण, सेयरधनीको खातामा जम्मा

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई प्रदान गरेको ८.७० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ।कम्पनीको २०८३ वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट ८.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडियस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ।२०८२ चैत २६ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    कम्पनीका अनुसार २०८२ चैत २५ गतेसम्म आफ्नो सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुनेछ। उक्त कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गराउन कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ।त्यसैगरी, २०८२ चैत २५ गतेपछि सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने कम्पनीले जनाएको छ। त्यस अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बोनस सेयर रोक्का भए/नभएको यकिन गरी रोक्का नरहेको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी रोक्का गर्नुपर्ने कम्पनीले जनाएको छ।

    भौतिक स्वरूपमा सेयर रहेका सेयरधनीले हालसम्म सेयर डिम्याट नगरेको भए सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं वा आफूलाई पायक पर्ने प्रभु बैंक लिमिटेडका शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली सेयर डिम्याट गर्न सक्नेछन्।डिम्याट गरेपछि बोनस सेयर सोझै सम्बन्धित सेयरधनीको हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend