images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले बढ्यो सेयर बजार, २...

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ९४ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ९४ करोडको कारोबार

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार आज पनि १५.४४ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५३८.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.०२ अंकले बढेर ४४९.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ । दुई वटाको सेयर मूल्य घटेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर ३९ हजार ६७३ पटक खरिद बिक्री हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend