images

२०८३ आश्विन २ गते

images
images
images

सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट

सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा उच्च गिरावट देखिएको हो ।वित्तीय विवरण अनुसारका कम्पनीको नाफा ८२ प्रतिशत घटेको हो । कम्पनीले समीक्षा अवधिमा ३ करोड ८२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ७७ लाख ९१ हजार रुपैयाँ थियो । नाफा घटे पनि कम्पनीको सञ्चालन आम्दानी भने केही बढेको छ । अघिल्लो वर्ष ५० करोड ५ लाख ३१ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर ५१ करोड १४ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

    images
    images

    नाफामा आएको कमीको असर कम्पनीको प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्ष १८ रुपैयाँ ३३ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष घटेर २ रुपैयाँ २३ पैसामा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३४ पैसा रहेको छ ।  १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ७३ लाख १२ हजार रुपैयाँ रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend