images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजार साढे ४ अंकले बढ्यो,...

सेयर बजार साढे ४ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

सेयर बजार साढे ४ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज एकल अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भेन ४ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन तीन अर्ब भन्दा कमको कारोबार भएको बजारमा आज भने ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend