images

२०८३ आश्विन २ गते

images
images
images

साढे तीन आनामा साढे दुईतले घर ७७ लाख ७७ हजारमा बनाइदिने डेभकोको योजना

साढे तीन आनामा साढे दुईतले घर ७७ लाख ७७ हजारमा बनाइदिने डेभकोको योजना

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । आफूसँग जग्गा भए पनि ठूलो बजेट नभएका तथा आफैं खटिएर घर निर्माण गर्न नसक्ने परिवारलाई लक्षित गर्दै डेभको इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले साढे तीन आनामा आधुनिक घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले ग्राहकको ३.५ आना जग्गामा साढे दुईतले आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित ७७ लाख ७७ हजार रुपैयाँमा निर्माण गरिदिने योजना अघि सारेको हो । निर्माण सामग्री तथा श्रम लागत बढिरहेको अवस्थामा गुणस्तरीय सामग्री प्रयोग गरी घर निर्माण गर्न चाहने परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार प्रस्तावित घरको भुइँतलामा एक बिएचके, पहिलो तलामा दुई बिएचके र दोस्रो तलामा दुई शयन कक्ष रहनेछन् । उपलब्ध जग्गाको अधिकतम उपयोग गर्दै परिवारको आवश्यकता, सुविधा तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन र संरचना तयार गरिने कम्पनीको भनाइ छ ।

    images
    images

    डेभकोको आवास योजनाको अर्को विशेषता वास्तु विशेषज्ञको परामर्शअनुसार घरका विभिन्न संरचना तथा कोठाको स्थान निर्धारण गर्नु रहेको कम्पनीले जनाएको छ ।

    जग्गाको अवस्था, दिशागत संरचना, परिवारको आवश्यकता तथा घरको प्रयोगलाई ध्यानमा राख्दै बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजाकोठा, सिँढीलगायत आवश्यक स्थानको उपयुक्त व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

    वास्तुसम्बन्धी सुझावलाई ग्राहकको आवश्यकता र प्राथमिकताअनुसार घरको डिजाइन प्रक्रियामा समायोजन गरिने कम्पनीको भनाइ छ । यसबाट सीमित क्षेत्रफलमा उपलब्ध ठाउँको अधिकतम उपयोग गर्दै सुविधासम्पन्न घर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    यसैगरी, दशैँअघि सम्झौता गर्ने ग्राहकलाई तीन लाख रुपैयाँसम्म मूल्यको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार योजनाले जग्गा भएका तर घर निर्माणका लागि पर्याप्त बजेट तथा समय व्यवस्थापन गर्न कठिनाइ भएका परिवारलाई एउटै प्याकेजमा आधुनिक आवास निर्माणको विकल्प उपलब्ध गराउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend