images

२०८३ आश्विन १ गते

images
images
images
  • कर्पोरेट
  • साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु...

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ, १९ भदौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ ।

    images
    images

    कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिएका छन् ।

    कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend