images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नबिल म्युचुअल फन्डका दुई योजनाको प्रतिफल...

नबिल म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा

नबिल म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।जसअनुसार नबिल ब्यालेन्सड् फन्ड २ का इकाइधनीहरुले ३.५ प्रतिशत र नबिल ब्यालेन्सड् फन्ड ३ का इकाइधनीहरुलाई २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ। योजना व्यवस्थापकका अनुसार नबिल ब्यालेन्सड् फन्ड २ का इकाइधनीहरुलाई ३ करोड ९२ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड ३ का इकाइधनीहरुलाई ३ करोड १२ लाख ५० हजार रुपैयाँ प्रतिफल वितरण गरिनेछ ।यो

    images
    images

    प्रतिफल वितरणार्थ असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज ७ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी योजनाको लाभांश पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend