images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • बाढी पीडितका लागि दीपशिखा धितोपत्र कारोबार...

बाढी पीडितका लागि दीपशिखा धितोपत्र कारोबार कम्पनीले गर्‍यो १५ लाख सहयोग

बाढी पीडितका लागि दीपशिखा धितोपत्र कारोबार कम्पनीले गर्‍यो १५ लाख सहयोग

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । दीपशिखा धितोपत्र कारोबार कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको कम्पनीका सञ्चालक विष्णु ओझाले जानकारी दिए।बाढी प्रभावितहरूको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको ओझाले बताए।

    images
    images

    गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्‍याएपछि प्रभावितहरूको खोजतलास, उद्धार तथा राहतका लागि नेपालको व्यावसायिक क्षेत्रबाट समेत उल्लेख्य सहयोग भइरहेको छ।देश तथा विदेशमा रहेका नेपाली नागरिक र नेपालको व्यावसायिक क्षेत्रबाट प्राप्त सहयोगले विपद्का समयमा प्रभावित परिवारलाई राहत पुर्‍याउनुका साथै सरकारमाथिको आर्थिक भार कम गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend