images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा,...

कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा, आजै नागढुंगा–मुग्लिङ सडक सञ्चालन गर्ने तयारी

कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा, आजै नागढुंगा–मुग्लिङ सडक सञ्चालन गर्ने तयारी

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रबारदेखि सुरु गरिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। सडक खुलाउन निर्माण व्यवसायी, प्राविधिक तथा विज्ञहरूको टोलीले तीव्र गतिमा काम गरिरहेको छ।

    images
    images

    निर्माण व्यवसायी, नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको रोहवरमा कृष्णभीरमा सडक खन्ने काम सुरु गरिएको थियो।

    निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १५० मिटर क्षेत्रमा स्काभेटर गुडाउन ट्रयाक खोलिसकिएको छ। त्यस्तै, मलेखुतर्फ झन्डै १०० मिटर ट्रयाक तयार भइसकेको र करिब ५० मिटर क्षेत्रमा मात्रै काम बाँकी रहेको उनले बताए।

    images
    images

    बाँकी काम शनिबार पूरा गरी शनिबार साँझसम्म नागढुंगा–मुग्लिङ सडक खण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको खड्काले जानकारी दिए।

    उनका अनुसार सडक खुलाउने काममा रातिको समयमा समेत प्राविधिक, अपरेटर, इन्जिनियर तथा कर्मचारी खटिरहेका छन्। जोखिमपूर्ण भूभागमा काम भइरहेकाले सुरक्षालाई प्राथमिकता दिँदै व्यवस्थित रूपमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।

    गत भदौ १० गतेदेखि निरन्तर आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायतका विभिन्न स्थानमा सडक कटान तथा क्षति पुर्‍याएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

    सडक अवरुद्ध हुँदा पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन प्रभावित भएका छन्। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्नुका साथै खाद्यान्नलगायत अत्यावश्यक सामग्री काठमाडौं ल्याउनसमेत कठिनाइ भइरहेको छ।

    सडक सञ्चालनमा आएपछि पश्चिम क्षेत्रबाट काठमाडौं जोडिने प्रमुख सडकमार्गमा आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend