images

२०८३ आश्विन २ गते

images
images
images

पृथ्वी राजमार्ग आइतबार पनि १२ घण्टा बन्द

पृथ्वी राजमार्ग आइतबार पनि १२ घण्टा बन्द

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त सडकको मर्मत कार्य सम्पन्न नभएपछि आइतबार पनि सडक पूर्ण रूपमा बन्द हुने भएको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार साँझ सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आइतबार भदौ २१ गते बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

    यसअघि शनिबारका लागि तोकिएको सडक बन्दको अवधिमा समेत मर्मत कार्य सम्पन्न हुन नसकेपछि बन्दको समय एक दिन थप गरिएको प्रशासनले जनाएको छ।

    images
    images

    बन्दको अवधिमा एम्बुलेन्स, शववाहन लगायत अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।

    सडक बन्दका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै उक्त अवधिमा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

    सडक मर्मत कार्य सम्पन्न गरी यातायात सञ्चालन सहज बनाउन सम्बन्धित निकायले कामलाई तीव्रता दिएको जनाएको छ।

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend