images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • २९ कम्पनीले घोषणा गरे लाभांश, गरिमा...

२९ कम्पनीले घोषणा गरे लाभांश, गरिमा विकास बैंकले सबैभन्दा धेरै २० प्रतिशत दिने

२९ कम्पनीले घोषणा गरे लाभांश, गरिमा विकास बैंकले सबैभन्दा धेरै २० प्रतिशत दिने

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं। यो समय लाभांश घोषणाको हो । हालसम्म २९ वटा कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्नेमा धेरै म्युचुअल फण्ड रहेका छन् । हालसम्म तीन वाणिज्य बैंक, तीन विकास बैंक, दुई वटा हाइड्रोपावा र एउटा फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै नेपाल पूर्वाधार बैंक (निफ्रा) ले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेको छ ।गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंक रहेका छन् । त्यस्तै विकास बैंकमा कामना सेवा, गरिमा र साग्रिंला डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै लाभांश घोषणा गर्नेहरुमा आईसीएफसी फाइनान्स र मान्डू हाइड्रोपावर कम्पनी रहेका छन् । यी बाहेक अरु सबै १९ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये सबै भन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद रहेको छ । 

    images
    images

    लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सबै भन्दा धेरै लाभांश एभरेष्ट बैंक दिने छ । यो बैंकले १५ प्रतिशत नै लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने छ । जसमा १० प्रतिशत नगद र ५ प्रतिशत बोनस रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस र ४ प्रतिशत नगद रहेको छ । सानिमा बैंकले १० प्रतिशत नगद मात्रै लाभांश वितरण गर्ने छ । त्यस्तै विकास बैंकहरुमा कामना सेवाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन सबै नगद मात्रै हो । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस र ६.५२६ प्रतिशत नगद गरि १०.५३६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै आईसीएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद, मान्डू हाइड्रोपावरले १२ प्रतिशत नगद, सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९ नगद गरि कुल १५.७८९ प्रतिशत लाघांश घोषणा गरेको छ । त्यस्तै निफ्राले ५.२६ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेका छन् । 

    म्युचुअल फन्डहरूको प्रतिफलमा गिरावट

    images
    images

    सूचीकृत कम्पनीहरूले बोनस र नगद लाभांशको सम्मिश्रणमार्फत लगानीकर्तालाई राहत दिइरहँदा म्युचुअल फन्डहरूको प्रदर्शन भने निराशाजनक देखिएको छ।खुलामुखी र बन्दमुखी दुवै प्रकारका फन्डहरूको प्रतिफल अघिल्लो वर्षको तुलनामा खस्किएको छ । बन्दमुखी फन्डतर्फ अघिल्लो वर्ष २० प्रतिशत लाभांश बाँडेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले यस वर्ष ८ प्रतिशत मात्र प्रतिफल घोषणा गरेको छ । त्यस्तै सानिमा ग्रोथ फन्डले अघिल्लो वर्ष १५.७९ प्रतिशत प्रतिफल दिएको थियो भने यो वर्ष घटेर ५ प्रतिशतमा झरेको छ । त्यस्तै एनएमबी ५० फन्ड १५ प्रतिशतबाट ३.१५ प्रतिशतमा र कुमारी सबल योजना ९ प्रतिशतबाट २.९ प्रतिशतमा झरेका छन् । बन्दमुखी फन्डहरूमा हिमालयन ८०–२० ले १५ प्रतिशत लाभांश दिँदै केही राहत दिएको छ भने प्रभु स्मार्ट फन्डले लाभांश १० प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्‍याएको छ । प्रभु सेलेक्ट फन्डले लगातार दुवै वर्ष १२ प्रतिशत लाभांश कायम राखेको छ ।

    खुलामुखी फन्डतर्फ एनएमबी सरल बचत फन्ड–ई ले मात्र आफ्नो प्रतिफल ४.२७ प्रतिशतबाट बढाएर ५.२५ प्रतिशत पुर्‍याउन सफल भएको छ । अर्कोतर्फ कुमारी सुनौलो लगानी योजनाको प्रतिफल ८.८८ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा सीमित भएको छ । त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको प्रतिफल पनि ८ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend