images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • असोज १६ गते पूर्वाञ्चल ल्बुब आयलको...

असोज १६ गते पूर्वाञ्चल ल्बुब आयलको साधारणसभा आह्वान

असोज १६ गते पूर्वाञ्चल ल्बुब आयलको साधारणसभा आह्वान

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १० बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारणसभाको असोज १६ गतेका बोलाएको हो ।उक्त साधारणसभा अजोज १६ गते मोरङको विराटचोकमा रहेको नेपालीरिका होटलमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८२/०८३ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०८३/०८४ को लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीमा कर सहित ८.४२ प्रतिशतले हुन आउने नगद लाभांश दिने सम्बन्धमा, आ.व. २०८३/०८४ को प्रस्तावित बजेट सम्बन्धमा, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकको पारिश्रमिक तथा अन्य सञ्चालकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा र नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने सम्बन्धी एजेण्डाहरुमा छलफल गरि पारित गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend