images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नबिल म्युचुअल फण्डका दुई योजनाले घोषणा...

नबिल म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे नगद प्रतिफल

नबिल म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे नगद प्रतिफल

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं  । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्।योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। उक्त योजनाले प्रतिफलबापत कुल ३ करोड ९२ लाख रुपैयाँ वितरण गर्नेछ। त्यस्तै नबिल ब्यालेन्स फण्ड–३ ले इकाईधनीलाई २.५ प्रतिशत नगद प्रतिफल दिने भएको छ। यस योजनाले कुल ३ करोड १२ लाख ५० हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ। यता नबिल फ्लेक्सी क्याप फण्ड र एनआई ३१ ले भने आर्थिक वर्ष २०८२/८३ का लागि कुनै लाभांश वितरण नगर्ने भएका छन्।

    images
    images

    प्रतिफल वितरण प्रयोजनका लागि नबिल म्युचुअल फण्डअन्तर्गतका सम्बन्धित योजनाहरूको इकाईधनी दर्ता किताब २०८३ साल असोज ७ गते बुधबार एक दिनका लागि बन्द हुने भएको छ। बुक क्लोज हुनुअघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानुनबमोजिम तोकिएको समयभित्र रीतपूर्वक नामसारी भएका इकाईधनीहरू मात्र घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend