images

२०८३ आश्विन २ गते

images
images
images

तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा

तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • बाजुरा । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो ।आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएर आजदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार सदरमुकाम नजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का, बिरेखोलालगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो ।

    images
    images

    सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रकलगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार सो ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको छ ।

    विद्युत् पनि आजै सञ्चालन हुने

    images
    images

    गत शनिबार रातिको अविरल वर्षापछि पहिरोले विद्युतका ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर अवरुद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा आज साँझसम्म सुचारु गर्ने गरी काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी निरौलाकाअनुसार साँझसम्म ११ केभी विद्युत् लाइन मर्मत गरी सञ्चालनमा ल्याइने जानकारी दिए । त्यस क्षेत्रमा ३३ केभी प्रसारण लाइनका धेरै खम्बा पहिरोले ढलेपछि पुनः सञ्चालन गर्न केही समय लाग्ने देखिएपछि मार्तडीमा आज ११ केभी सुचारु गरिने उनले बताए।सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सुवाकाँध र ६ को वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द भएको थियो ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराकाअनुसार शनिबार राति करिब ९ः०० बजे देखि जिल्लाभर बन्द विद्युत सेवा प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली मर्मतका लागि खटिएको छ । ढलेका खम्बा सोमबार गाडेर सकिएकाले आज चुडिएका विद्युत् तार जडान गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका अत्यावश्यक सेवासमेत प्रभावित भएको छ भने स्थानीय विद्युत सेवा प्रयोगबाट बञ्चित हुन परेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend