images

२०८३ आश्विन २ गते

images
images
images

तादीमा सेनाको तीव्रता : ६० मिटर लामो बेलिब्रिज निर्माण अन्तिम चरणमा

तादीमा सेनाको तीव्रता : ६० मिटर लामो बेलिब्रिज निर्माण अन्तिम चरणमा

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजद्वारा बेलिब्रिज निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । सेनाकाअनुसार तादी नदीमा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाबाट ५५ जनाको प्राविधिक टोली खटिएको छ ।भदौ १० गते चीनतर्फबाट आएको बाढीले  उक्त पुल बगाएपछि यातायात सम्पर्क जोड्न नेपाली सेनाको ब्रिजिङ युनिटले तादी नदीमा करिब ६० मिटर लामो र ५० टन पारवहन क्षमताको बेलिब्रिज जडान गरेको हो ।

    images
    images

    यसैक्रममा, नेपाली सेनाका इन्जिनियरहरूको परामर्श तथा सक्रियतामा ढुंगे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी करिब २५० मिटर लम्बाइको अत्याधुनिक झोलुङ्गे पुल निर्माणको कार्य समेत सुरु भएको छ ।यस पुलको निर्माणसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दाहरूको आवतजावतमा सहजता आउने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend