images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई क्यापिटलले घोषणा गर्‍यो २५%...

ग्लोबल आइएमई क्यापिटलले घोषणा गर्‍यो २५% लाभांश

ग्लोबल आइएमई क्यापिटलले घोषणा गर्‍यो २५% लाभांश

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २२ गतेको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० लाख ८७ हजार रुपैयाँ र १० प्रतिशत नगद लाभांशबापत ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण गरिनेछ । लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा १९ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान साढे ८ बजे सुरु हुनेछ।साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend