images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा १५.४३ अंकको गिरावट, ४...

सेयर बजारमा १५.४३ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

सेयर बजारमा १५.४३ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ ।  बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५४५.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९२ कम्पनीको सेयर मुल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । 

    images
    images

    आज सेयर बजारमा ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ५० हजार ८०४ पटक खरिद बिक्री हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको कारोबार भएको छ । आजसेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने ३ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend