images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी...

इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा

इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको कुल ८ लाख ५७ हजार ५३९ कित्ता शेयर आधारभूत शेयरधनीहरुले विक्री गर्ने भएका छन् । कम्पनीले सूचना जारी गर्दै ६ जना आधारभूत शेयरधनीहरुले उल्लेखित कित्ता शेयर विक्री गर्नका लागि आशय सहितको निवेदन पेश गरेको जानकारी दिएको हो ।सूचीकृत कम्पनीहरुलाई दिएको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्नुभन्दा १५ दिन आगाबै जानकारी दिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार कम्पनीले आगामी तीन महिनाभित्र विक्री गर्ने गरी निवेदन पेश भएको जानकारी नेप्सेमार्फत गराएको हो ।

    images
    images

    कम्पनीका अनुसार रिेजेन्सी ट्रेनिङ्ग प्रालिले १ लाख कित्ता, विशाल अग्रवालले १ लाख ६७ हजार २३५ कित्ता, जगदिश प्रसाद अग्रवालले ६९ हजार ४५० कित्ता, निकुञ्ज अग्रवालले १ लाख ६६ हजार ६८० कित्ता, अनुज अग्रवालले ९१ हजार ६७४ कित्ता र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेडले २ लाख ६२ हजार ५०० कित्ता शेयर विक्री गर्न निवेदन दिएका हुन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend