images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • इमर्जिङ्ग नेपालमा सेयर बिक्रीको चाप, मुन्दडाले...

इमर्जिङ्ग नेपालमा सेयर बिक्रीको चाप, मुन्दडाले ५५ हजार ५६० कित्ता बेच्ने

इमर्जिङ्ग नेपालमा सेयर बिक्रीको चाप, मुन्दडाले ५५ हजार ५६० कित्ता बेच्ने

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ ।  इमर्जिङ्ग नेपाल लिमिटेडका आधारभूत शेयरधनी नन्द किशोर मुन्दडाले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्।कम्पनीले २०८३ भदौ २४ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र पठाउँदै मुन्दडाले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने आशयको निवेदन कम्पनीमा प्राप्त भएको जानकारी गराएको हो।नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते चलानी नम्बर ४९९ मार्फत सम्पूर्ण सूचीकृत कम्पनीलाई आधारभूत शेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था लागू गरेको थियो।

    images
    images

    सोही निर्देशनअनुसार मुन्दडाले आफ्नो सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्। कम्पनीले उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गरेको हो।कम्पनीले नेप्सेलाई पठाएको पत्रमा मुन्दडाको नाममा ५५ हजार ५६० कित्ता सेयर रहेको उल्लेख छ।यसअघि पनि इमर्जिङ्ग नेपालका अन्य आधारभूत शेयरधनीहरूले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी गराइसकेका छन्। कम्पनीले भदौ २२ गते नेप्सेलाई पठाएको पत्रमार्फत रिजेन्सी ट्रेडिङ्ग प्रालि, विशाल अग्रवाल, जगदिश प्रसाद अग्रवाल, निकुञ्ज अग्रवाल, अनुज अग्रवाल र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेडले सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको जानकारी दिएको थियो।बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि बिक्री गर्न चाहेको सेयरको विवरणसहित सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने र कम्पनीले उक्त सूचना नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend