images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • २२५ रुपैयाँबाट प्रभु महालक्ष्मी लाइफको संस्थापक...

२२५ रुपैयाँबाट प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयरमा बोलकबोल खुला

२२५ रुपैयाँबाट प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयरमा बोलकबोल खुला

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो ।कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य व्यक्ति, कम्पनी, संघ संस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्रका लागि आवेदन भदौ २५ गतेदेखि खुला भएको छ भने असोज २ गते कार्यालय समयभित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।

    images
    images

    बोलपत्र आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमा बुझाउनु पर्नेछ । आवेदन फाराम सोही स्थानबाट १०० रुपैयाँ नगद तिरेर लिन सकिनेछ । सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ भने अधिकतम ३१ हजार ५८८ कित्तासम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता २२५ रुपैयाँभन्दा कम मूल्य राखेर पेश गरिएको आवेदन स्वतः रद्द हुनेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता कबोल मूल्य अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नु पर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend