images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा लगातार दोस्रो दिन गिरावट,...

सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, नेप्से १३.८५ अंकले घट्यो

सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, नेप्से १३.८५ अंकले घट्यो

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजार आज करिब १४ अंकले घटेर बन्द भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको बढेको छ । ११ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले घटेर ४४९.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन सेयर बजारको कारोबार भने ४ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४४ हजार १९८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend