images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नीतिगत सुधारको अपेक्षामा बढ्यो बजार, नेप्से...

नीतिगत सुधारको अपेक्षामा बढ्यो बजार, नेप्से २७.९४ अंकले उकालो

नीतिगत सुधारको अपेक्षामा बढ्यो बजार, नेप्से २७.९४ अंकले उकालो

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं, २६ भदौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको शेयर बजार शुक्रबार भने उल्लेख्य रूपमा बढेको हो ।

    images
    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको विकास तथा विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएपछि लगानीकर्तामा सकारात्मक मनोभाव देखिएको हो ।

    पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै बजारलाई थप चलायमान बनाउने गरी नीतिगत सुधार अघि बढाउने अर्थमन्त्री वाग्लेको भनाइ सार्वजनिक भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको देखिएको छ ।

    images
    images

    शुक्रबार सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेको छ । त्यस्तै, फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४३ अंकले वृद्धि भएको छ।

    कारोबार रकम पनि बढ्यो

    नेप्से परिसूचकसँगै शुक्रबार कारोबार रकमसमेत बढेको छ । बिहीबार ४ अर्ब ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारमा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

    यस दिन कुल १ करोड २० लाख ८९ हजार कित्ता शेयर कारोबार भएको छ ।

    उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो

    शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    यसको विपरीत कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशतले घटेको छ ।

    लिबर्टी इनर्जीको कारोबार उच्च

    कारोबार रकमका आधारमा शुक्रबार लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    सबै उपसमूहमा हरियाली

    शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ ।

    त्यस्तै, लगानी तथा निर्जीवन बीमा उपसमूहको परिसूचक १.५ प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    अर्थमन्त्रीबाट पूँजी बजार सुधारका लागि विशेष कार्यक्रम ल्याउने घोषणा र त्यसले लगानीकर्ताको मनोबलमा पारेको सकारात्मक प्रभावसँगै साताको अन्तिम कारोबार दिन बजारमा उत्साह देखिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend