images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • कृष्णभीर सडक खुलाउन युद्धस्तरमा काम, दुई–तीन...

कृष्णभीर सडक खुलाउन युद्धस्तरमा काम, दुई–तीन दिनभित्र यातायात सञ्चालन गर्ने तयारी

कृष्णभीर सडक खुलाउन युद्धस्तरमा काम, दुई–तीन दिनभित्र यातायात सञ्चालन गर्ने तयारी

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कृष्णभीर खण्ड खुलाउन युद्धस्तरमा काम भइरहेको छ।

    images
    images

    सडकको भित्तातर्फबाट नयाँ ट्रयाक खन्ने काम सम्पन्न भएसँगै अबको दुईदेखि तीन दिनभित्र यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिमखण्ड) ले जनाएको छ।

    योजनाका अनुसार हाल निर्माण गरिएको नयाँ ट्रयाकलाई ‘ग्रेड डाउन’ गरी सबग्रेड तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ। आवश्यक जनशक्ति तथा निर्माण उपकरण परिचालन गरी चौबीसै घण्टा काम भइरहेको छ।

    images
    images

    शनिबार ट्रयाक कटिङको काम लगभग सम्पन्न भएपछि अहिले सडकको ग्रेड सुधारमा दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाउने काम सकिएपछि रोलर थप गरी सडकको रोलिङ सुरु गरिनेछ।

    रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकको जग नै भासिएपछि कृष्णभीर खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

    राजधानी काठमाडौंलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ। त्यसैले वैकल्पिक ट्रयाक निर्माणलाई उच्च प्राथमिकतामा राखेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

    सडक सञ्चालनमा आएपछि काठमाडौं र देशका विभिन्न जिल्लाबीचको यातायात तथा आपूर्ति आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend