images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • बुद्ध रिजेन्सीले १५ करोड रुपैयाँको आईपीओ...

बुद्ध रिजेन्सीले १५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

बुद्ध रिजेन्सीले १५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । लुम्बिनीस्थित पाँचतारे स्तरको होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

    images
    images

    होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ।

    सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा बुद्ध रिजेन्सीका तर्फबाट सञ्चालक सुनिल अग्रवाल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    images
    images

    बुद्ध रिजेन्सी होटल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो। होटलले ‘विन्डहम होटल्स एण्ड रिसोर्ट्स’सँग साझेदारी गर्दै ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ।

    होटलका अनुसार पाहुनालाई आरामदायी र स्तरीय आतिथ्य अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका १०० भन्दा बढी सुविधासम्पन्न कोठा होटलमा उपलब्ध छन्।

    लुम्बिनी तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा रहेको होटलले पर्यटन तथा आतिथ्य क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend