images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • १४ दिनदेखि रोकिएका ट्रक कृष्णभीरको नयाँ...

१४ दिनदेखि रोकिएका ट्रक कृष्णभीरको नयाँ ट्र्याकबाट पास

१४ दिनदेखि रोकिएका ट्रक कृष्णभीरको नयाँ ट्र्याकबाट पास

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • धादिङ । धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि विगत १४ दिनदेखि रोकिएका ट्रक तथा ग्यास बोकेका बुलेटलाई नयाँ ट्र्याकबाट पास गराइएको छ।

    images
    images

    नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत निर्माण गरिएको नयाँ ट्र्याकको प्रारम्भिक परीक्षणका क्रममा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पार गराइएको आयोजनाले जनाएको छ।

    सडक अवरुद्ध भएपछि विभिन्न स्थानमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन तथा सडक सञ्चालनका लागि आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको छ। तत्कालका लागि रोकिएका सवारीसाधनलाई मात्र नयाँ ट्र्याकबाट पास गराइए पनि सडक भने पूर्ण रूपमा सञ्चालनमा नआएको आयोजनाले जनाएको छ।

    images
    images

    नागढुङ्गा–मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अशोक देवकोटाका अनुसार अहिले रोकिएका सवारीसाधनलाई जोखिम नहुने गरी पार गराउने काम भइरहेको छ। नयाँ ट्र्याक पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि मात्रै त्यसलाई नियमित रूपमा सञ्चालनमा ल्याइने उनले बताए।

    सडक अवरुद्ध हुँदा लामो समयदेखि रोकिएका विशेषगरी अत्यावश्यक सामग्री बोकेका ट्रक तथा ग्यासका बुलेटलाई प्राथमिकताका आधारमा पार गराउन थालिएको हो।

    आयोजनाले सडक खुलाउने तथा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पार गराउने कामलाई निरन्तरता दिइरहेको जनाएको छ। नयाँ ट्र्याक पूर्ण रूपमा तयार भएपछि यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend