images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस...

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर दिने, हकप्रद अनुपात घट्ने

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर दिने, हकप्रद अनुपात घट्ने

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौँ, २९ भदौ । नेपाल ल्युब आयल लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५६४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

    images
    images

    कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ। कम्पनीले असोज १९ गते वार्षिक साधारणसभा बोलाएको छ। यसपटक कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकैपटक गर्न लागेको हो।

    कम्पनीको हालको चुक्ता पुँजी ८ करोड ७४ लाख ३८ हजार २ सय ४० रुपैयाँ अर्थात् ८ लाख ७४ हजार ३५२ कित्ता सेयर रहेको छ। यही चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस सेयर वितरण हुनेछ। बोनस सेयर वितरणपछि कम्पनीको करिब १ लाख ३१ हजार १५२ कित्ता सेयर थपिनेछ।

    images
    images

    यसअघि कम्पनीले २०८१ चैतमा चुक्ता पुँजीको १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। त्यतिबेला कम्पनीले १४ लाख ५७ हजार २ सय ५३ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो।

    तर, अहिले प्रस्तावित बोनस सेयर वितरण भएपछि हकप्रद सेयरको संख्या घट्ने भएको छ। कम्पनीका अनुसार बोनस सेयर समायोजनपछि बाँकी रहने कित्ताका आधारमा हकप्रद सेयर जारी गरिनेछ।

    यसअनुसार कम्पनीले करिब १३ लाख २६ हजार १२८ कित्ता हकप्रद सेयर जारी गर्ने देखिएको छ। यसले यसअघि प्रस्ताव गरिएको १ बराबर २ को हकप्रद अनुपात घटेर करिब १ बराबर १.३२ हुने देखिन्छ।

    अर्थात्, एक सय कित्ता सेयर भएका सेयरधनीले करिब १३१.८४ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।

    भदौ २ गतेको कारोबार अनुसार नेपाल ल्युब आयलको सेयर प्रतिकित्ता २७७ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend