images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • स्नो रिभर्सको लाभांश घोषणा, बोनस र...

स्नो रिभर्सको लाभांश घोषणा, बोनस र नगद कति ?

स्नो रिभर्सको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।   स्नो रिभर्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।घोषित लाभांशमध्ये १० प्रतिशत नगद रहेको छ भने ०.५२६३ प्रतिशत नगद रहेको छ । लाभांश प्रस्ताव पािरत गर्नका लागि कम्पनीले पाँचौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । साधारणसभा आउँदो असोज २१ गते बुधबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि मा बिहान साढे ८ बजेदेखि शुरु हुनेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, एनएमबि बैंकबाट लोन स्वीकार गर्ने, जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने निर्णय अनुमोदन गर्ने र १ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।

    images
    images

    त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने र कम्पनीका केही व्यवस्थालाई संशोधन गर्नेछ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले असोज ८ गते बिहीबार १ दिनका लागि बूक क्लोज गर्ने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend