images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्‍यो ३०...

रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्‍यो ३० प्रतिशत नगद लाभांश

रिलायन्स स्पिनिङ मिल्सले घोषणा गर्‍यो ३० प्रतिशत नगद लाभांश

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।  रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend