images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कार्ययोजना सार्वजनिक भएपछि नेप्सेमा उछाल, ४८.५७...

कार्ययोजना सार्वजनिक भएपछि नेप्सेमा उछाल, ४८.५७ अंकले बढ्यो

कार्ययोजना सार्वजनिक भएपछि नेप्सेमा उछाल, ४८.५७ अंकले बढ्यो

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ ।  अर्थमन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरे पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको कार्ययोजना पछि मंगलबार सेयर बजारमा उच्च अंकले बढेको हो । 

    images
    images

    आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.८७ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशत अर्थात् ९.१९ अंकले बढेर ४६७.४५ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकमा हरियाली देखिएको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ७८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँको कारोबार भएको छ । परिसूचक बढेको दिन एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend