images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • पोखरा फाइनान्सको १ करोड ९० लाख...

पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ ।   पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा सूचीकरण गरिएको हो । मर्जरपछि पोखरा फाइनान्स लिमिटेड (पीएफएल) को नाममा कायम भएको उक्त साधारण सेयरको अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको जनाइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend