images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • चन्द्रागिरी हिल्सले बोलायो १ औं...

चन्द्रागिरी हिल्सले बोलायो १ औं वार्षिक साधारणसभा

चन्द्रागिरी हिल्सले बोलायो १ औं वार्षिक साधारणसभा

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १ औं वार्षिक साधारणसभा पुस ३ गते बुधबार बोलाएको छ।

    images
    images

    थानकोटस्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आ.व.का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।

    साथै सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images

    वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ। यसका आधारमा मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend