सगरमाथा राष्ट्रिय निकुञ्जभित्र व्यावसायिक हेलिकप्टर उडानमा उल्लेख्य कटौती हुने गरी ल्याइएको नयाँ नियमप्रति दुई सरकारी निकायबीच मतभेद देखा परेको छ।
गत साता खुम्बु पासाङल्हामु गाउँपालिकालाई समेत सहभागी गराएर निकुञ्ज प्रशासनले सन् २०२५ को सुरुदेखि हेलिकप्टर कम्पनीहरूलाई उद्धार बाहेकका काममा करिब ४ हजार मिटर माथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेको थियो।
उक्त निर्णयप्रति एकातर्फ उड्डयन कम्पनी तथा पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् भने अर्का तर्फ नेपालको उड्डयन नियामकले उक्त विषय आफ्नो मात्र क्षेत्राधिकारमा पर्ने भन्दै निर्बाध रूपमा उडानहरू सञ्चालन गर्न विज्ञप्ति जारी गरेपछि उक्त मुद्दा झन् पेचिलो बनेको छ।
हिमाललाई पीडाु दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
हेलिकप्टर उडानसम्बन्धी नयाँ प्रावधान प्रति सञ्चालक,असहमतु, प्राधिकरण के भन्छ ?
सरकारी निकायहरूबीच विवाद
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ।।। कानुनमा कुनै पनि आरक्ष माथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको सो पत्राचारको कुनै पनि आधार र औचित्य नभएको जनाएको छ।
तर उक्त राष्ट्रिय निकुञ्जकी प्रमुख सुष्मा रानाले आफूहरूले कानुनी व्यवस्थामै टेकेर सो निर्णय गरेको र त्यसको उल्लङ्घन भए कानुनमै टेकेर कारबाही गरिने चेतावनी दिएकी छन्।
राष्ट्रिय निकुञ्जभित्र आकाशमा उडान गर्ने वहाँहरूको क्षेत्राधिकार होला तर अवतरण त जमिनमै गर्न पर्छ होला नि त। त्यो अवतरण गर्ने ठाउँ राष्ट्रिय निकुञ्ज हो, रानाले बीबीसी सँग भनिन्।
राष्ट्रिय निकुञ्जले तोकेका ठाउँदेखि बाहेक र बिनाअनुमति अवतरण गरेमा राष्ट्रिय निकुञ्ज ऐनबमोजिम कारबाही हुन्छ।
नत्र सगरमाथाको पर्यटन नै फेरिन्छ
त्यस अघि नै व्यवसायीहरूले निकुञ्जको निर्णय कानुनविपरीतु भएको भन्दै नमान्ने अभिव्यक्ति औपचारिक र अनौपचारिक रूपमा दिएका थिए।
नेपालमा हाल ११ वटा कम्पनीका ३२ हेलिकप्टरहरू सञ्चालनमा रहेको सरकारी विवरण छ। उड्डयन तथा पर्यटन व्यवसायीहरू हेलिकप्टरहरूको सहायताले सगरमाथा क्षेत्रको पर्यटकीय बजार नै फेरिएको बताउँछन्।
सगरमाथा आरोहणका बेला आधार शिविरमा मात्र दैनिक ५० भन्दा बढ्ता हेलिकप्टर उडानहरू हुने गरेको वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रमुख बताउँछन्।
त्यसले आरोहणका क्रममा हुने सुविधा र सहजता बढाएको छ। मानिसहरूमा सगरमाथा क्षेत्रमा जाने आत्मविश्वास बढेको छ, सङ्घका अध्यक्ष मनोज कार्की भन्छन्।
हामीहरूलाई नियमन गर्ने एक मात्र अख्तियारप्राप्त निकाय नेपाल नागरिक उड्डयन प्राथिकरण (क्यान) हो। त्यसैले क्षेत्राधिकार बाहिर गएर गरिएको निकुञ्जकोे पत्रलाई हामीले मतलब गरेका छैनौँ।
कार्कीले आफ्ना सेवाग्राहीहरू द्विविधामा नपरून् भनेर मात्र निकुञ्जको निर्णयको विरोधमा सङ्घले विज्ञप्ति निकालेको बताएका छन्।
आरोहण व्यवसायीसमेत रहेका एक कीर्तिमानधारी आरोही मिङ्मा डेभिड शेर्पा अबको समयमा हेलिकप्टरबिना सगरमाथा क्षेत्रको पर्यटन परिकल्पना गर्ने काम निकै जटिल हुने बताउँछन्।
हेलिकप्टर नभए त त्यस क्षेत्रका होटलहरूको सेवासुविधा स्वस्थ राख्ने काम नै जटिल हुन्छ। खानेकुरादेखि अन्य गह्रुँगा सरसामान पुर्याउन पहिले जस्तो भरिया वा याक–नाकमा मात्र भर पर्न सकिने अवस्था छैन, शेर्पा भन्छन्।
हेलिकप्टर उडान यसरी रोक्ने हो भने त सगरमाथाको पर्यटन नै फेरिन्छ। त्यस क्षेत्रमा आउनेहरू आधाले घट्न सक्छन्। सगरमाथा आधार शिविरको करिब ८० प्रतिशत पारवहन पछिल्ला वर्षमा हेलिकप्टरबाटै हुन्छ।
माउन्ट एभरेस्ट’ हेर्न नेपाल आएको परिवारका पाँचै जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु
नेपालमा हेलिकप्टर उडान किन जोखिमपूर्ण?
शेर्पाले हेलिकप्टरको पहुँचकै कारण सामान्यतः आफ्नो व्यस्तता र सुरक्षाका कारण लामो पदयात्रा गर्न नसक्ने प्रतिष्ठित व्यक्तित्वहरू सगरमाथा क्षेत्रमा पुग्न थालेको र त्यसले सो क्षेत्रलाई लाभ नै पुगेको बताउँछन्।
हालसालै मात्र क्रिकेटर शिखर धवन त्यहाँ पुगेर आउनुभयो। अन्य कामले काठमाण्डू आउने अन्य नेता, धनाढ्य वा सेलिब्रिटी अहिले त्यसै गरी सगरमाथाको काखमा पुगेर फर्कने गरेका पाइन्छन्। उनीहरू यहाँको राम्रो छाप फैलाइरहेका छन्, उनी भन्छन्।
हेलिकप्टरमा कडाइ गरिँदा त्यो अवसर त गुम्छ नै, सगरमाथा क्षेत्रबाट गुनासोहरू धेरै आउने क्रम सुरु हुन्छ।निकुञ्जको निर्णयको आधार
सर्वोच्च शिखर समेत पर्ने भएकाले सगरमाथा राष्ट्रिय निकुञ्जलाई संसारकै अग्लो राष्ट्रिय निकुञ्ज भन्ने गरिन्छ र अन्यत्र भन्दा फरक त्यहाँ मानवबस्ती तथा वन्यजन्तुका स्थल दुवै संरक्षण क्षेत्रभित्र पर्छन्।
त्यहाँ विभिन्न ठाउँमा बनाइएका हेलिप्याडहरू राष्ट्रिय निकुञ्जको ुकोर क्षेत्रु मा रहेको भन्दै निकुञ्जकी प्रमुख रानाले मानिस प्रवेश गर्न अनुमति चाहिने संरक्षण क्षेत्रमा हेलिकप्टर प्रवेश ुसंवेदनशीलु कुरा रहेको भन्दै आफूहरूले तोकेका ठाउँमा मात्र प्रयोजनका आधारमा हेलिकप्टरले अनुमति पाउने बताउँछिन्।
विगतमा समेत वहाँहरूले तोकिएको हेलिप्याडबाहेक जथाभाबी क्षेत्रमा अवतरण गरिरहेको अवस्था थियो। लुक्लाबाट एक ठाउँमा अवतरण गर्ने गरी राजस्व तिरेर आए पनि वहाँहरू तीनचार ठाउँमा रोकिरहेको अवस्था थियो,ू राना भन्छिन्।
त्यसले सिर्जना गर्ने ध्वनिप्रदूषणले वन्यजन्तुमा निकै नकारात्मक असर पारिरहेको छ। त्यसले गर्दा उनीहरू भागेर बस्तीमा आउने, भिरमा दगुरिएर वा कुदेर दुर्घटना हुने अवस्था देखिएको छ।
नेपाली आकाश कति सुरक्षित छ, घातक हवाईजहाज दुर्घटना किन भइरहन्छ
सगरमाथामा के जलवायु परिवर्तनका कारण जोखिम बढेको हो
त्यसबाहेक पदयात्राबाट फर्कने क्रममा समेत व्यापक रूपमा हेलिकप्टर प्रयोग हुन थालेपछि पदयात्राको अवधिसमेत घटेको र स्थानीय होटेल–रेस्टुराँ व्यवसायी तथा पथप्रदर्शकहरू समेत मर्कामा पर्न थालेको निकुञ्ज प्रमुख राना बताउँछिन्।
स्थानीयवासीका त्यस्ता गुनासा र वातावरण दुवै पक्षका हिसाबले हामी यस्तो निर्णय गर्न बाध्य भएका हौँ, उनी भन्छिन्।
हामीले उद्धारलाई रोकेका छैनौँ, मालसामान ढुवानी रोकेका छैनौँ। सगरमाथा मार्ग भनेको नितान्त पदयात्रा गर्दै अनुभव सँगाल्ने क्षेत्र हो, जुन हेलिकप्टरको व्यापक प्रयोगले घट्दो छ।
आफूहरूले विगतमा समेत नाम्चे बजारनजिकैको स्याङबोचेमाथिको क्षेत्रमा व्यावसायिक उडान नगर्न आग्रह गरे पनि त्यसलाई अटेर गरिएको उनी बताउँछिन्।
उडानको सङ्ख्या सीमित गर्नैपर्छ। यस्तो संवेदनशील क्षेत्रमा दैनिक १०० वटा हेलिकप्टर उडाउन पाइँदैन। अहिले दैनिक औसतमा ५०६० उडान हुने गरेको छ। यस्तो क्षेत्रमा आउँदा पनि हेलिकप्टर व्यापक हुँदा मानिसहरू आपसमा बोलेको समेत सुनिँदैन। जनावरलाई कस्तो असर परेको होला?
सगरमाथा आरोहणमा असर
सर्वोच्च शिखर सगरमाथा र सगरमाथा पदयात्रा मार्गको अधिकांश भाग उक्त निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले निकुञ्जको निर्णयको आर्थिक भार ठूलो हुने पर्यटन व्यवसायीहरूले बताउने गरेका छन्।
अब सगरमाथा आरोहणको व्यवस्थापन निकै जटिल हुनुका साथै हेलिट्रेक र हेलिडेटुजस्ता चर्चित एवं महँगा पर्यटकीय प्याकेज प्रभावित हुने व्यावसायीहरूले गुनासो गरेका छन्।
आरोहण व्यवसायी मिङ्मा डेभिड शेर्पा अबको समयमा हेलिकप्टरबिना सगरमाथा आरोहणको परिकल्पना गर्ने काम निकै जटिल हुने बताउँछन्।
त्यहाँ हुने पारवहनको करिब ८० प्रतिशत हिस्सा हेलिकप्टरमा निर्भर छ। आधार शिविर र माथिल्ला क्याम्पमा हालैका वर्षमा जेजस्ता सुविधा दिन थालिएको छ, त्यो हेलिकप्टर हटाएर कायम गर्न सकिँदैन, उनी भन्छन्।
प्रविधि र सुविधा त पर्यटकहरूका लागि अनुकूल गराउँदै लैजाने कुरा हो। संसारमा अन्यत्र पनि निकुञ्जहरूभित्र हेलिकप्टर उडान सामान्य रूपमा हुन्छन्। रोक्ने होइन, बरु त्यसको मापदण्ड बनाउन आवश्यक छ। यसरी रोक्ने हो भने त पर्यटन धराशायी हुन्छ।
सगरमाथा वसन्त आरोहण यामका बेला सगरमाथा आधार शिविरमा आरोहीका बन्दोबस्ती र दैनिक खाद्यान्न बोकेर दैनिक दर्जनौँका सङ्ख्यामा हेलिकप्टरहरू पुग्ने गर्छन्।
त्यसबाहेक वसन्त र शरद् दुवै याममा पदयात्रीहरू आधार शिविरसम्मको यात्रा सकेर फर्कने क्रममा व्यापक रूपमा हेलिकप्टर प्रयोग गर्ने गरेको पाइन्छ।
तर आधार शिविरमा अनावश्यक सुविधाका नाममा धेरै हेलिकप्टर उडान गर्दा सगरमाथाले पर्वतारोहण जगत्को सम्मान गुमाइरहेको केही चर्चित आरोहीहरूले टिप्पणी गर्न गरेका पाइन्छन्।बीबीसी न्यूज




.gif)





