images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द...

नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने

नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड पर्सि ७ गते आइतवारदेखि १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ ।

    images
    images

    नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार सात दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुनेछ ।

    यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ ।

    images
    images

    मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend