images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • मन्दाकिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई...

मन्दाकिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

मन्दाकिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको पुस ७ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट पारित १ः१.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

    images
    images

    बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरतर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।

    साधारणसभापश्चात् कम्पनीको अधिकृत पुँजी रु। २ अर्ब तथा जारी पुँजी रु। ६४ करोड ६७ लाख (५ प्रतिशत बोनस शेयरपश्चात्) पुगेको छ। कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसिरदेखि व्यावसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ।

    images
    images

    हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend