images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • दश प्रतिशतमाथि लाभांश दिएका यी ४२...

दश प्रतिशतमाथि लाभांश दिएका यी ४२ कम्पनी

दश प्रतिशतमाथि लाभांश दिएका यी ४२ कम्पनी

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । सूचीकृत कम्पनीहरूले दिने गरेको लाभांश दर बर्सेनि घट्दो क्रममा छ । ब्याजदर घटेर न्यूनतम विन्दुमा आएका बेला समेत धेरै कम्पनीको लाभांशले ब्याजदर पनि धान्दैन । वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिनेमा वाणिज्य बैंकहरुमा ५ कम्पनी मात्रै छन् । विकास बैंकमा २ कम्पनी छन् भने फाइनान्समा कुनै पनि छैनन् ।

    images
    images

     ९ हाइड्रोपावर, २ होटल, ३ इन्भेस्टमेन्ट कम्पनी र ६ उत्पादनमूलक कम्पनी छन् । १० प्रतिशतमाथि लाभांश दिनेमा धेरैजसो माइक्रोफाइनान्स कम्पनीहरू छन् । १५ माइक्रोफाइनान्स कम्पनीको लाभांश १० प्रतिशतमाथि छ ।धेरै लगानीकर्ता आफूले पाउने लाभांशमा पनि झुक्किने गरेका छन् । कम्पनीहरूले दिने सेयर बोनस आफूसँग भएको सेयर संख्याका आधारमा हो भने नगद लाभांश अंकित मूल्यमा हो ।

    अंकित मूल्य १० रुपैयाँको कम्पनीले १५ प्रतिशत नगद लाभांश दिनु र १०० रुपैयाँको कम्पनिले त्यति नै नगद लाभांश दिनुमा फरक हुन्छ । अंकित मूल्य १० रुपैयाँको कम्पनीका हकमा  १५ प्रतिशत नगद लाभांश प्रतिकित्ता जम्मा १ रुपैयाँ ५० पैसा (१० × १५÷१००) हुन्छ ।  यदि सोही कम्पनीको अंकित मूल्य १०० रुपैयाँ भएको खण्डमा प्रतिकित्ता नगद लाभांश १५ रुपैयाँ हुन्छ ।

    images
    images

    हाल कम्पनीहरू धमाधम घोषित लाभांश पारित गर्नका लागि साधारणसभा गरिरहेका छन् । पुस मसान्तसम्म अधिकांश कम्पनीको साधारणसभा सम्पन्न हुनेछ ।साधारणसभाबाट लाभांश पारित भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामै तुरुन्तै पाउने गरेका छन् । डिम्याट खातामा सेयर बोनस पाउनका लागि साधारणसभाले पारित गरेपछि पनि केही साता लाग्ने गरेको छ ।

    धितोपत्र बोर्डमा सेयर बोनस दर्ता गर्नुपर्ने र चुक्ता पूँजी वृद्धिको लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गरी कम्पनी रजिस्टार कार्यालयमा पेश गर्नुपर्ने भएकाले सेयर बोनस प्रदान गर्न समय लाग्ने गरेको हो ।साधारणसभा सम्पन्न गरिसकेका केही कम्पनीले भने लगानीकर्तालाई डिम्याट खातामा बोनस सेयर प्रदान गरिसकेका छन् । ती सेयर बजारमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् ।

    एभरेष्ट बैंक, हाथवे इन्भेस्टमेन्ट, आशा लघुवित्त, भगवती हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त, सीईडीबी होल्डिङस्, कामना सेवा विकास बैंक, नेपाल ल्युब आयल लगायत कम्पनीको बोनस सेयर सूचीकृत भइ कारोबारमा आइसकेको छ ।

    यी हुन् यो वर्ष १०% माथि लाभांश दिएका ४२ कम्पनी । 

    कम्पनी सेयर बोनस % नगद लाभांश % कुल लाभांश %
    स्टान्डर्ड चार्टर्ड ६.५ १९ २५.५
    कृषि विकास बैंक ७.५३ १०.५३
    एसबीआई बैंक ३.८ ६.८५ १०.६५
    नबिल बैंक   १० १०
    एभरेष्ट बैंक १० ५.५३ १५.५३
    कामना सेवा विकास बैंक १२
    मितेरी विकास बैंक ९.५ ०.५ १०
    ग्रीन भेन्चर १० ०.५२ १०.५२
    चिलिमे हाइड्रोपावर १० १२
    सानिमा माइ हाइड्रोपावर १० ०.५२ १०.५२
    माउन्टेन इनर्जी १५ ०.७८ १५.७८
    कुथेली बुखरी हाइड्रोपावर १० ०.५२ १०.५२
    रुरु हाइड्रोपावर १५ ०.७८ १५.७८
    भगवती हाइड्रोपावर १०.७३ १४.७३
    माण्डु हाइड्रोपावर   १२ १२
    सुपरमाइ हाइड्रोपावर ५.६३ १२.६३
           
    तारागाउँ रिजेन्सी होटल ११ ११
    सोल्टी होटल १० २६.८ (१० को) ३६.८
           
    नागरिक लगानी कोष १३
    सीईडीबी होल्डिङ ११   ११
    हाथवे इन्भेस्टमेन्ट १० ०.५२ १०.५२
           
    सर्वोत्तम सिमेन्ट १०
    हिमालयन डिस्टिलरी १५ २०
    बोटलर्स नेपाल तराई ५० ५०
    युनिलिभर नेपाल १७१४ १७१४
    नेपाल ल्युब आयल २० २५
    नेपाल टेलिकम ३० ३०
           
    आत्मनिर्भर १४.२५ ०.७५ १५
    नेस्डो समृद्ध १४.२५ ०.७५ १५
    डिप्रोक्स ९.५ ०.५ १०
    कालिका ९.५ ०.५ १०
    मिथिला १४.२५ ०.७५ १५
    छिमेक १५
    साना किसान १३.३ ०.७ १४
    जीवन विकास १४ ०.७३ १४.७३
    नेसनल १४.२५ ०.७५ १५
    सपोर्ट १३.७७ ०.७२ १४.५
    आरएसडीसी ९.५ ०.५ १०
    फरवार्ड १३.३ ०.७ १४
    स्वाबलम्बन १४.२५ ०.७५ १५
    आशा १४.२५ ०.७५ १५
    गुराँस १४.२५ ०.७५ १५

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend