images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक...

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न, ३० रुपैयाँ लाभांश बाड्ने प्रस्ताव पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न, ३० रुपैयाँ लाभांश बाड्ने प्रस्ताव पारित

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सत्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रति शेयर ३० रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

    images
    images

    साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको हो।

    यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथाकम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखा परीक्षक नियुक्त गर्नुका साथैपारिश्रमिक समेत तोकेको छ।सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।

    images
    images

    प्रतिवेदन प्रस्तुतगर्दै उनलले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्प्रर्धीमा वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैँ थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताए।

    समीक्षा अवधिमा कम्पनीको ग्राहक संख्या २ करोड ३० लाख पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले कम्पनीले कुल ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड मुनाफाआर्जन गर्न सफल भएको जानकारी दिए।समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रूपमा नेपाल सरकारलाई बुझाएको समेत उनले बताए।कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी/एलटीई प्रविधिमा आधारित सेवाविस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

    समीक्षा अवधिको अन्त्यसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी/एलटीई सेवाको पहुँचविस्तार भई ७७ वटै जिल्लामा उच्च गतिको सेवासमेत विस्तार भएको उनले बताए।अति विकट र दुर्गममा रहेका बाँकी स्थानीयतहहरूमा उपयुक्तप्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend