images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • शिखर इन्स्योरेन्सको २०औँ साधारणसभा फागुन १३...

शिखर इन्स्योरेन्सको २०औँ साधारणसभा फागुन १३ गते, बोनस सेयर प्रस्ताव अनुमोदनको तयारी

शिखर इन्स्योरेन्सको २०औँ साधारणसभा फागुन १३ गते, बोनस सेयर प्रस्ताव अनुमोदनको तयारी

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औँ वार्षिक साधारणसभा फागुन १३ गते गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले साधारणसभा काठमाडौं, थापाथलीस्थित शिखर बिज सेन्टरमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।

    images
    images

    सभामा आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। जसमा १० प्रतिशत बोनस सेयर (२६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँ) तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश (१ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ) समावेश छ।

    साधारणसभाले नियमावली र प्रबन्धपत्र संशोधन, वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन अनुमोदन गर्नेछ। साथै, आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरिनेछ।

    images
    images

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गते देखि सभा सम्पन्न नहुन्जेल सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अन्तर्गत माघ २९ गते सम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend