काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (शुक्रबार) बुकक्लोज गर्ने घोषणा गरेको छ।
यसअनुसार, आजसम्म सेयर कारोबार गरिसकेका सेयरधनीहरु मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारण सभा विवरण
मिति: फागुन ११ गते, आइतबार
स्थान: अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौं
समय: बिहान १०:३० बजे
पारित गरिने प्रस्तावहरू
✅ १४% बोनस सेयर वितरण
✅ बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नुपर्ने
✅ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
✅ लेखापरीक्षक नियुक्ति र खर्च अनुमोदन
साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न इच्छुक सेयरधनीहरुले आजभित्र कारोबार गरिसक्नुपर्नेछ।




.gif)





