images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई बैंकका शेयरधनीलाई बोनस शेयर...

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई बोनस शेयर कर बुझाउन आग्रह

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई बोनस शेयर कर बुझाउन आग्रह

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडाैं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि वितरण गरिने ५.५ प्रतिशत बोनस शेयरमा लाग्ने ५ प्रतिशत कर रकम समयमै बुझाउन शेयरधनीहरूलाई आग्रह गरेको छ।

    images
    images

    बैंकले आज जारी गरेको सूचनामा शेयरधनीहरूले तोकिएको बैंक खातामा करबापतको रकम जम्मा गरेपछि मात्रै डिम्याट खातामा बोनस शेयर प्राप्त हुने जानकारी गराएको छ। बैंकले करबापतको रकम भौचर ग्लोबल आइएमई क्यापिटलको ईमेल info@gicl.com.np मा पठाउन अनुरोध गरेको छ।

    ग्लोबल आइएमई बैंक र पूर्व बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया २०७९ पुस २५ गते सम्पन्न भई एकीकृत कारोबार सुरु भएको थियो। मर्जर मितिबाट २ वर्षभित्र वितरण गरिने लाभांशमा कर छुटको व्यवस्था भए पनि २०८१ मंसिर ९ गतेअघि खरिद गरिएका शेयरमा मात्र कर छुट हुने प्रावधान रहेको बैंकले स्पष्ट पारेको छ।शेयरधनीहरूले करबापतको रकम ग्लोबल आइएमई बैंक लिमिटेडको 'TAX ON BONUS SHARE 80-81' नामक खाता नम्बर ०००७५३०५२४०४७ मा जम्मा गर्नुपर्नेछ।समयमै कर नबुझाए बोनस शेयर डिम्याट खातामा नजाने हुँदा बैंकले शेयरधनीहरूलाई शीघ्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend