images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । आज फागुन १३ गते, मंगलबार दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ गते बिहीबार बुकक्लोज गर्दै छन्।

    भोली फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म कायम सेयर धनीहरूले मात्र दुई इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    आइएमई लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावसहित कम्पनीले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८।७५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावसहित कम्पनीले फागुन २७ गते, बिहान ११ बजे अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend